धरानः धरान जेसिजले आयोजना गरेको धरान उपमहानगरव्यापी अन्तर प्लस टु स्तरीय ‘भजेन्द्र स्मृति वक्तृत्वकला प्रतियोगिता’ मा एन्जिला कार्की प्रथम भएकी छिन् ।
जेसिज सप्ताह–२०२४ अन्तर्गत भएको प्रतियोगितामा युएन, नवोदय कलेजमा होटल म्यानेजमेन्ट लिएर कक्षा–१२ मा अध्ययनरत एन्जिला प्रथम भएकी हुन् । एन्जिला रयाडिकल लाइट नेपालले आयोजना गरेको एसईई स्पिकर–२०७९ की समेत विजेता हुन् ।
धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभा हलमा सम्पन्न भएको प्रतियोगितामा डिपोट सेकेन्डरी स्कुलका सरिफ राई द्वितीय भए । त्यस्तै, दिल्ली पब्लिक स्कुलका अदित दास तृतीय भए भने विजयपुर सेकेण्डरी स्कुलका मोहम्मद सोहल सान्त्वना भए । प्रतियोगितामा धरानभरिका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २४ जना विद्यार्थीहरू सहभागी भएको कार्यक्रमका मूल संयोजक राजेन्द्र रिजालले जानकारी दिए ।
प्रतियोगितामा बिजेताहरुलाई निर्णायकहरु डा. भवानीप्रसाद भट्टराई, डा.जीवन राई, डा. अस्मिता विष्ट, धरान जेसिजका अध्यक्ष आयुष्मा शाक्य, कार्यक्रमका संयोजक रिसव लिम्बूलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।