धरानः धरान स्कुल सिङगिङ च्यालेन्ज–२०८१, सिजन–१ को धरानमा सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् ।
रयाडिकल लाइट नेपाल प्रालि धरानले बाल दिवसका अवसरमा सहिद स्मृति माविको सभाहलमा आयोजना गरेको पहिलो अडिसनबाट ४१ जना सहभागीहरू दोश्रो चरणमा प्रवेश गरेका हुन् ।
दोस्रो चरणमा प्रवेश गर्नेहरूमा पन्चकन्या माविका सागर राई र कृष्टिना राना मगर, लोटस इङलिस बोर्डिङ स्कुलका करन राई, हिविस्कस इङलिस बोर्डिङका सविन बोहोरा, निवा प्रेमी लिम्बू र रेश्मा तामाङ रहेका छन् । विष्णु मेमोरियल माविका आकृति खाती, नवोदय विद्या मन्दिरका एल्विन श्रेष्ठ, सियोन स्कुलका रोहन श्रेष्ठ र सोनिया राई, सुनाखरी एकेडेमीका रोवन राई, जेशिका राई र अर्मान श्रेष्ठ रहेका छन् । ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका सृष्टि तामाङ, स्मृति बस्नेत, प्रिया राई र माट्रिना राई दोश्रो चरणमा प्रवेश गरेका छन् ।
यसैगरी शिक्षा सन्देश सेकेण्डरी बोर्डिङका सेसेना लिम्बू, स्मृति राई, लोब्युस धमला र अभिषेक रसाइली, देउराली चिल्ड्रेन एकेडेमीका सविन विक, त्रियन्सा घिमिरे, स्मारिका गजमेर र पावल देवान दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै, सहिद स्मृति माविका सोहन बराइली, सामुयल शिवा र पदमा माया लिम्बू, नेपाल पुलिस स्कुलका खुशिका दाहाल र मानवी गुरुङ, बुद्ध आदर्श बोर्डिङका सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ, स्वनिम विक, नायुमा राई, सगल राई र प्रज्ञा राई रहेका छन् ।
केके इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङलिस स्कुलका एरोन लिम्बू, इस्मान विक र रिजोइ लिम्बू र पब्लिक मावि फुस्रेका हयापियस लिम्बू दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा धरान उपमहानगरभरिका सामुदायिक र निजी गरी १७ विद्यालयका कक्षा–१० सम्म पढ्ने ५१ जना विद्यार्थीहरुले सहभागिता जनाएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए । दोश्रो चरणको प्रतियोगिता आगामी भाद्र–२५ गते मङगलबार सहिद स्मृति माविको हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजर, गायक प्रशान्त शर्मा र संगीत प्रशिक्षक बिनायक राई रहेका छन् ।
प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमशः १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिइने प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए । दोश्रो चरणमा प्रतियोगीले ट्याकमा गाउनुपर्ने निर्णायक बिनायक राईले जानकारी दिए ।


