Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाव्यापी विद्यालयस्तरीय गायन प्रतियोगिता, १५ जना फाइनलमा प्रवेश गरे

हाम्रो कोशी आवाज
भाद्र २६ २०८१, बुधबार
धरान उपमहानगरपालिकाव्यापी विद्यालयस्तरीय गायन प्रतियोगिता, १५ जना फाइनलमा प्रवेश गरे

धरानः धरान स्कुल सिङगिङ च्यालेन्ज-२०८१, सिजन-१ को सम्पन्न दोश्रो अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरू फाइनलमा प्रवेश गरेका छन् ।
रयाडिकल लाइट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति माविको सभाहलमा आयोजना गरेको दोस्रो अडिसनबाट फाइनलमा प्रवेश गर्नेहरुमा हिविस्कस इङलिस बोर्डिङका निवाप्रेमी लिम्बू, नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका एल्विन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन् । यसैगरी सुनाखरी एकेडेमीकी जेशिका राई, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी स्मृति बस्नेत, शिक्षा सन्देश सेकेण्डरी बोर्डिङकी स्मृति राई र लोब्युस धमला, देउराली चिल्ड्रेन एकेडेमीका पावल देवान फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै, नेपाल पुलिस स्कुलका खुशिका दाहाल, बुद्ध आदर्श बोर्डिङकी सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ र स्वनिम विक., के.के.इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङलिस स्कुलका इस्मान विक र पब्लिक मावि फुस्रेका ह्यापियस लिम्बू फाइनलमा प्रवेश पाए ।
गत भाद्र १९ गते भएको पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू दोश्रो चरणमा प्रवेश गरेका थिए । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । प्रतियोगिताको फाइनल असोज पहिलो हप्ता हुने प्रा.लि.का अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजर, गायक प्रशान्त शर्मा र संगीत प्रशिक्षक विनायक राई रहेका छन् ।
प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमशः १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा महेन्द्र क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: भाद्र २६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend