धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् ।
विराटनगर–१२ बस्ने २७ वर्षीय राकेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान–८ स्थित अस्थायी प्रहरी चौकी तीनकुने धरानको प्रहरी अधिकृतको टोलीले चेकिङ गर्दा भद्रपुरबाट धरानतर्फ आउँदै गरेको को१ख ७४५१ नम्बरको ‘उज्यालो यातायात’ नामको बसमा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले ल्याएको जेब्राझोला खोली हेर्दा ३५ प्याकेट (१७ हजार ५०० सय पिस) स्पास्मो ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारेपछि बरामद गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादव हाल इलाका प्रहरी कार्यालय धरानमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।