Hamro Koshi Aawaj

शनिबार, कार्तिक १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा झयासघारीमा भेटियो पेस्तोल र गोली

हाम्रो कोशी आवाज
कार्तिक १ २०८३, शनिबार
बराहक्षेत्रमा झयासघारीमा भेटियो पेस्तोल र गोली

धरानः सुनसरीको बराहक्षेत्रमा झ्यासघारीमा पेस्तोल फेला परेको छ ।
बराहक्षेत्र नगर पालिका वडा नं. ५ अमाहा सामुदायिक वनमा हातहतियार लुकाइछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र प्रहरी चौकी भरौल सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कटुवा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
सामुदायिक वनमा रहेको पिठारीको रुखको फेदको झ्यास घारीमा लुकाइ राखिएको बेवारिसे अवस्थामा रहेको कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड फेला पारी उक्त कटुवा पेस्तोल र गोली बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend