धरानः धरानमा घरबाटै ब्राउन सुगर (लागूऔषध) बिक्री गर्ने युवतीसहित चारजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा धरान–१७ शान्ति टोलमा आफ्नै घरबाट लागूऔषध बिक्री पितरण गर्ने २९ वर्षीया सोफिया तामाङ र धरान–१४ का ४२ वर्षीय कमल कार्की रहेका छन् ।
उनीहरू दुईजनालाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–८ भोटेपुलबाट ४० वर्षीय विनोद राईको घरमा ५६ वर्षीय राजेश क्षेत्री र २६ वर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।