Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधसहित ६ जना युवायुवती समातिए

हाम्रो कोशी आवाज
कार्तिक ५ २०८१, सोमबार
धरानमा लागूऔषधसहित ६ जना युवायुवती समातिए

धरानः धरानमा नियन्त्रित औषधि लागूऔषधसहित युवायुवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धरान–१५ का २२ वर्षीय गौरव चौहान, २० वर्षीया स्मृति राई, १८ वर्षीय सुजल सुन्दास, २२ वर्षीय युगल राई र धरान–१७ का १९ वर्षीय विशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ वर्षीय निरु राई रहेका छन् ।
विशेष सूचनाको आधारमा कार्तिक ४ गते राति वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्कीसहित उनीहरूलाई समातेको हो ।

प्रकाशित मिति: कार्तिक ५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend