Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आउँदै गरेका युवा मोटरसाइकलमा गाँजा भेटेपछि समातिए

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८१, सोमबार
धरानमा आउँदै गरेका युवा मोटरसाइकलमा गाँजा भेटेपछि समातिए

चिन्डेडाँडाको जंगलमा पनि गाँजा बरामद
धरानः धरानमा लागूऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
धरान–६ स्थित प्रहरी चौकी पानमारा सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले धनकुटा साँगुरगढी–१ बस्ने बुद्धराज लिम्बू र पछाडि सवार सोही स्थानका महाप्रसाद लिम्बूले लुकाइछिपाइ ल्याएको गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
को३२प. १७५० नम्बरको मोटरसाइकललाई शंका लागेर कानुन बमोजिम चेकजाँच गर्दैगर्दा उनीहरूले लुकाइछिपाइ ल्याएको २० केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तथा उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि धरान–२० चिण्डेडाँडा जंगलस्थित बाटो छेऊबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । गत कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो गाँजा बरामद गरेको हो ।

प्रकाशित मिति: कार्तिक १२ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend