Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जुवातास खेल्ने समातिए

हाम्रो कोशी आवाज
कार्तिक १५ २०८१, बिहिबार
धरानमा जुवातास खेल्ने समातिए

धरानः इलाका प्रहरी कार्यालय धरानले धरानमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
धरान–१ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान–१ का ३१ वर्षीय प्रज्वल रेग्मी, ३१ वर्षीय सबिन बस्नेत, २९ वर्षीय रवि चौधरी, ३५ वर्षीय प्रदीप सुवेदी, धरान–१६ का २९ वर्षीय आशिष प्रधान, धरान–१५ का ३२ वर्षीय अविशेक लिम्बू र धरान–१२ का ३६ वर्षीय रवि साहलाई नगद ४७ हजार २ सय र १ बुङ ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि आवश्यक कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
उता इलामको इलाम नगरपालिका–७ स्थितमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम–६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ वर्षीय रञ्जन विक., ४२ वर्षीय विकास लिम्बू, ४० वर्षीय मणिकुमार प्रधान, ४१ वर्षीय मिनराज सुब्बा, इलाम–७ का २७ वर्षीय सुवास श्रेष्ठ, ३० वर्षीय अनिल श्रेष्ठ, इलाम–८ का ३३ वर्षीय देवकुमार राई, ३५ वर्षीय केशव सुवेदी, इलाम–६ का ४० वर्षीय सुन्दर परियार, इलाम–३ का २८ वर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको जनाएको छ ।
यता सुनसरीको बर्जु गाँउपालिका–४ स्थितबाट लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्जु –४ का २० बर्षीय शंकर मण्डललाई २ सय ९५ किलो लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend