धरानः धरानको भानुचोकबाट लागूऔषधसहित एकजना किशोर पक्राउ परेका छन् ।
धरान–२ भानुचोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा एकजना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा८०प १२२३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका–५ का १८ वर्षीय आकाश लिम्बूको साथबाट ३ सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला बरामद गर्नुका साथै उनलाई पनि पक्राउ गरिएको जनाएको छ ।
यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।