Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुई युवतीले किटनाषक औषधि सेवन गर्दा…

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८१, बुधबार
धरानमा दुई युवतीले किटनाषक औषधि सेवन गर्दा…

धरानः धरानमा दुई अविवाहित युवतीले किटनाषक औषधि सेवन गर्दा गम्भीर बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान-२ देशीलाइन बस्ने ३२ वर्षीया रसिता राई (अविवाहित) ले किटनाशक विषादी सेवन गरेकी थिइन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हाल उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान-५ बस्ने १९ वर्षीया सुस्मिता राईले किटनाशक विषादी सेवन गरेकी छिन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको हाल प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता सुनसरीको दुहवीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
दुहवी-०३ बस्ने १८ वर्षीय सुजन चौधरी आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend