धरानः धरानबाट युवाहरू लागूऔषधसहित पक्राउ परेका छन् ।
सेउती पुलनजिकबाट धरान आइरहेका युवाहरू लागूऔषधसहित पक्राउ परेका हुन् । धरान–८ र ९ बाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राति अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटीमा सवार धरान–१५ बस्ने २४ वर्षीय मौसम लिम्बू, २३ वर्षीया सिर्जना राई र २५ वर्षीया निशा श्रेष्ठलाई नियन्त्रित औषधि ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेकाहरूबाट थप पोल खुलेपछि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्र अयोध्यापुर घर भई धरान–९ दौलत थुलुङको घरमा डेरा गरी बस्ने २३ वर्षीय अंकितकुमार सिंह, धरान–८ का २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई नियन्त्रित औषधि लागूओषध ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–३ बाट धरान–१५ बस्ने २४ वर्षीय राम श्रेष्ठ र धरान–१६ बस्ने २२ वर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलीग्रामसहित पक्राउ गरिएको छ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।