सांकेतिक तस्वीर
धरानः धरानमा स्यालसँग मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमती घाइते भएका छन् ।
धरान-८ पानीटंकीनजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को ३४प.१६१४ नम्बरको बुलेट मोटरसाइकल एक्कासी स्यालमा ठोक्किन पुग्दा दुईजना घाइते भएका हुन् ।
बाटो क्रस गर्ने क्रममा स्यालसँग ठोक्किन गई दुर्घटना हुँदा चालक ताप्लेजुङ मेवाखोला–१ बस्ने ३४ वर्षीय विकास लामा र उनकी श्रीमती २४ वर्षीया भूमिका राई घाइते बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राईको टाउको र हातखुट्टामा चोट लागेको छ भने चालक विकास सामान्य घाइते बनेका छन् । उनीहरूको तत्कालै बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । धरानको तीनकुने प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक आत्माराम कार्कीका अनुसार मोटरसाइकलको अगाडिको हेडलाइट फुट्नुका साथै ट्याङ्की समेत कुचिएको छ ।