Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गाँजाको कारोबार हुँदै गरेको सूचना पाएको प्रहरी पुग्दा बोराका बोरा भेट्यो, एकजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक २८ २०८१, बुधबार
धरानमा गाँजाको कारोबार हुँदै गरेको सूचना पाएको प्रहरी पुग्दा बोराका बोरा भेट्यो, एकजना समातिए

धरानः धरानमा प्रहरीले गाँजाको कारोबार भइरहेको सूचना पाएर पुग्दा ३०७ किलो गाँजा फेला पारी बरामद गरेको छ ।
धरान–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट गाँजासहित फर्मका सञ्चालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राति प्रहरी पुगेर कृषि फर्ममा लागूऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाइछिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । फर्मबाट गाँजा बरामद भएसँगै फर्म सञ्चालक धरान–१३ का४४ वर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कृषि फर्मको पूर्वतर्फको कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा १० (दश) वटा प्लाष्टिकको बोराहरूमा र कालो रंगको प्लाष्टिकको ट्याङका (बाक्सा) भित्र लुकाई राखेको ५ (पाँच) वटा प्लाष्टिको पोका पारेरको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
सो गाँजा स्थानीयबासी तथा जनप्रतिनिधी समेतको रोहवरमा कानुन बमोजिम खानतलासी गरेर बरामद गरिएको प्रहरीले जनाएको छ । सञ्चालक राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच धरान–१४ विजयपुरका २४ वर्षीय युवा सुशील भुजेल निषेधित लागुऔषधी सहित मङ्गलवार विराटनगरमा पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले उनलाई विराटनगर–१५ ढाटबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनको साथबाट निषेधित लागूऔषध लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६ एम्पुल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: कार्तिक २८ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend