Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तस्वीरमा धरानमा भारी वर्षाले जोखिममा परेको पुल जोगाउन मेयर, वडाध्यक्ष र जनता कम्मर कसेर लागेको क्षण

हाम्रो कोशी आवाज
कार्तिक २८ २०८१, बुधबार
तस्वीरमा धरानमा भारी वर्षाले जोखिममा परेको पुल जोगाउन मेयर, वडाध्यक्ष र जनता कम्मर कसेर लागेको क्षण

धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी वर्षाले जोखिममा पारेपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, धरान–८ का वडाध्यक्ष धनबहादुर राई, धराने जनता ‘जनश्रमदान’ जुटेका छन् ।
शनिबार र बुधबार उनीहरू श्रमदानमा जुटेका हुन् । मेयर साम्पाङ कार्यालयमै नपुगी बुधबार साँझसम्म जनतासँगै श्रमदानमै खटिरहे । अन्ततः श्रमदानमार्फत् पुल समेत मर्मत भएको छ । वर्षाको बाढीले पुलको जग खोतल्दै पुलको बायाँ भागमा क्षति पुरयाएको थियो । त्यहाँ सर्दु खोलामा संकलन गरिएको ढुङ्गा ल्याएर ग्याविन वाल उठाइएको हो । सो पुलको लागि मेयर र वडाध्यक्ष छलफलमा जुट्दा इन्जिनियरले करिब १४ लाख रुपैयाँ बजेट लाग्ने बताएपछि मेयरले श्रमदानमार्फत् बनाऔं भनेर आफूहरू जुटेको वडाध्यक्ष राईले जानकारी दिए ।
मेयर साम्पाङले पुल बनाउन पनि जनता सँगै लिएर काम फत्ते गरेको भन्दै स्थानीयले प्रशंसा समेत गरेका छन् । ‘पुल, पुलेसा, बाटोघाटो पनि श्रमदानबाट सम्भव हुने रहेछ भनेर देखाउनुभएको छ, पुल मर्मत गर्न जनता लिएर आउँदा औधी खुशी लागेको छ’, हिरा उदास शाक्यले भनिन् ।
सो पुल मर्मतका लागि ट्याक्टरमा ढुंगा ओसार्दा लाग्ने अन्य खर्चसहित गरेर करिब ५ लाख रुपैयाँ मात्रै खर्च भएको वडाध्यक्ष राईले जानकारी दिए ।
यसअघि सो पुल गत २०७२ असोज ८ गते साँझ ८ बजे भत्किएको थियो । भत्किएको ३१ महिना अर्थात् पछि सो पुल बनेको थियो । सो पुल २०७५ वैशाख २६ गतेदेखि सञ्चालनमा आएको थियो । त्यस्तो अवस्था आउनु अगावै यसरी श्रमदानमार्फत पुल मर्मतको काम सम्पन्न भएको हो । तस्वीरहरूः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: कार्तिक २८ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend