Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक हाइस्कुलमा व्लड ग्रुपसम्बन्धी तालिम

हाम्रो कोशी आवाज
कार्तिक २९ २०८१, बिहिबार
धरानको पब्लिक हाइस्कुलमा व्लड ग्रुपसम्बन्धी तालिम

धरानः श्री पब्लिक हाइस्कूल, धरानका कक्षा–१२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूले विज्ञान प्रयोगात्मक तालिम कक्षामा रक्त समूह (ब्लड ग्रुप) सम्बन्धी प्रयोग गरेका छन् । विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले विद्यार्थीहरूको प्रयासको सराहना गर्दै, आगामी दिनमा यस्ता प्रयोगात्मक कक्षाहरू निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यार्थीहरुलाई रक्तको विभिन्न समूह र त्यसका महत्वबारे थाहा दिन उद्देश्यले पाठ्यक्रम अनुसार नै तालिम कक्षा आयोजना गरिएको साइन्स तथा इलेक्ट्रकल इन्चार्ज मोहन श्रेष्ठले जानकारी गराए ।
प्रयोगात्मक कक्षामा विद्यालयका विज्ञान शिक्षक किशोर चौधरीले रक्त समूहको परिभाषा, ए, बी, एबि र ओ रक्त समूहका विशेषताहरू र उनीहरूको सापेक्षताबारे विस्तृत जानकारी प्रस्तुत गरे । विद्यार्थीहरूले रक्त परीक्षणका विभिन्न विधिहरू जस्तै एंटीबॉडी र एंटीजनको प्रयोग गरी ब्लड ग्रुप परीक्षण गरे । ल्याव एसिष्टेन्ट योगिता गुरुङले ब्लड ग्रुपिङ्ग गर्न सानो समूहमा अभ्यास गर्न सहयोग गरेका थिए ।
यस प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीहरुले रक्त समूहको महत्व र यससँग सम्बन्धित जीवनदायिनी जानकारी सिक्न पाएका छन् । साथै, शिक्षकद्वारा रक्त सञ्चार, रक्तको दान र प्राप्तिका बारेमा पनि विस्तृत व्याख्या गरिएको थियो । प्रयोगात्मक कक्षाले विद्यार्थीहरूको ज्ञानलाई थप सुदृढ बनाउने काम गरेको छ ।
यो प्रयोगात्मक कक्षाले कक्षा–१२ का विद्यार्थीहरुलाई केवल सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक ज्ञानको पनि महत्त्व बुझेको छ, जसले तिनीहरूको भविष्यका अध्ययन र करियरको लागि महत्वपूर्ण योगदान पुरयाउने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति: कार्तिक २९ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend