धरानः धरानमा दुर्घटना हुँदा दुईजना घाइते बनेका छन् ।
घाइते हुनेहरूमा साँगुरीगढी–७ बस्ने ३४ वर्षीया अरुणा राई र धरान–१३ बस्ने २७ वर्षीय क्षिती राई रहेका छन् ।
धरान–४ बौद्व बिहार छेऊ स्थित कोशी लोकमार्गमा धरानबाट भेडेटारतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१क०१७८ नम्बरको टिपरले भेडेटारतर्फ नै जाँदै गरेको को३०प ५८३६ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक अरुणा घाइते बनेकी हुन् ।
उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको बाहिरी चोट नदेखिएपनि छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ । टिपर चालक मकवनपुरको हेटौडा–२ बस्ने ३५ वर्षीय शिव परियार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–१ धरान उच्च मावि छेऊमा दुर्घटना हुँदा एकजना घाइते बनेका छन् । भानुचोकबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको को२ह ७२२४ नम्बरको टेम्पो र सोही दिशातर्फ जाँदै गरेको को१७प ४४३ नम्बरको मोटरसाइकल एकआपासमा ठोक्किँदा धरान–१३ बस्ने क्षितिज घाइते बनेको प्रहरीले जनाएको छ ।