Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जिरोप्वाइन्टबाट लागूऔषधसहित युवा समातिए

हाम्रो कोशी आवाज
कार्तिक ३० २०८१, शुक्रबार
धरानको जिरोप्वाइन्टबाट लागूऔषधसहित युवा समातिए

धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१३ जिरोप्वाइन्ट बस्ने २१ वर्षीय राजकुमार विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध भेटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध ट्रामानिल लेखिएको–५० क्याप्सुल, स्पास्पेन–५० चक्की गरी जम्मा–१०० चक्की र सामसुङ मोबाइल थान–१ सहित फेला पारी उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ३० २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend