धरानः धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलका विद्यार्थीहरू रोवटिक्स तालिममा ड्रोन र टोवर्ट बनाउन सिक्दैछन् ।
शनिबारदेखि शुरु भएको तालिम आगामी ७ शनिबारसम्म सञ्चालन हुने प्रधानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिए । विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक सीपमुलक शिक्षालाई प्राथमिकता दिई शिक्षण विधिलाई अगाडि बढाइरहेको प्रअ डा. झाले बताए ।
तालिममा इलेक्ट्रिकल कक्षा ९–१२ र कम्प्युटर साइन्स कक्षा–११ र १२ का विद्यार्थीहरु सहभागी भएका छन् । विद्यार्थीहरुले सिकेर बनाएका रोवर्ट र ड्रोनको प्रदेशनी वार्षिक उत्सवमा गरिने इलेक्ट्रिकल तथा साइन्स विभागका इन्चार्ज मोहन श्रेष्ठले जानकारी दिए ।
उत्थान रोवटिक्सका विनम श्रेष्ठको सहजीकरणमा सम्पन्न तालिम विद्यालयका इलेक्ट्रिल प्रशिक्षक सुजन खड्काको संयोजकत्वमा सम्पन्न भएको थियो ।
आफ्ना नानीहरुको अध्ययनप्रतिको अभिरुचि र नयाँ–नयाँ प्रविधिको अभ्यासमा व्यस्त हुने बानीले यहाँका अभिभावक दंग छन् । ‘साँच्चिकै उड्ने बनाउनेछन्’ इन्चार्ज श्रेष्ठले भने, रोवर्ट र ‘ड्रोन’ उडाउँदा विद्यालयका विद्यार्थीको ठूलो सफलता पाउनेछन् ।’







