Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका चन्द्र घिमिरे बेलायतको राजदुत बनेपछि धरानेको सम्मान

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
धरानका चन्द्र घिमिरे बेलायतको राजदुत बनेपछि धरानेको सम्मान

धरानः संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौंमा रहेका धरानेहरूको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।
पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नुपर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफू राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गरेका थिए । उनले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै, आफूले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साको लागि प्रयास गर्न पनि सुझाएका थिए ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष महेशकुमार अग्रवालले बेलायतले हाम्रो छिमेकी भारतमा राज गरेको विगत छ, जसको हामीसँग पुरानो सम्बन्ध रहेको पनि छ, त्यस्तो देशमा जान लागेकोमा शुभकामना व्यक्त गरे ।
पूर्वमन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफूलाई सिफारिस गर्ने दल, समूह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्नै शुभकामना दिए । उनले त्यसो गर्न सके सबै गौरवान्वित हुने बताए ।
कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भुपेन्द्र कार्की, नारायण श्रेष्ठ आदिले बधाई र शुभकामना व्यक्त गरेका थिए ।
धरान सरोकार समाजका सदस्य एवम् पूर्व एआईजी सन्दीप भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नवनियुक्त राजदुत घिमिरेले आएका सुझावहरूलाई आफूले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताए । यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दुतका रुपमा काम गर्दाका अनुभवहरूलाई राजदुतका रुपमा उपयोग गर्ने बताए ।
कार्यक्रममा उनी भावुक हुँदै काठमाण्डौमा रहेका धरानेहरू विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत हुन अनुरोध गरे । कार्यक्रममा बोल्ने सबैले काठमाण्डौका सबै धरानेहरू धरान सरोकार समाजकै छातामुनि एकताबद्ध हुन सुझाव दिए ।
धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदुतका रुपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरु नै गौरवान्वित भएको बताए । उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend