Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णुचोकबाट लागूऔषधसहित युवा समातिए, चतरा जाँदै गरेका युवा पनि बाटैमा समातिए

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
धरानको विष्णुचोकबाट लागूऔषधसहित युवा समातिए, चतरा जाँदै गरेका युवा पनि बाटैमा समातिए

धरानः धरान–११ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
धरान–११ विष्णुचोकस्थित सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीकोकमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामानिल लेखिएको ६४ क्याप्सुल, नियन्त्रित औषधि स्पास्पिन लेखिएको ६४ ट्याब्लेट फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता धरानबाट चतरा जाँदै गरेका युवा पनि लागूऔषधसहित पक्राउ परेका छन् ।
उनलाई बराहक्षेत्रको झन्डाचोकबाट प्रहरीले समातेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र–१ का १९ वर्षीय सौरभ राई रहेको प्रहरीले जनाएको छ । शंका लागि चेकजाँच गर्दा निजको साथबाट ट्रामाडोल १५ पत्तामा १५० पिस क्याप्सुल र स्पास्पेन १४ पत्तामा १४० पिस ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend