Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट हुइँकिएको स्कारपियोलाई पछ्याउँदै प्रहरीले छेकेर धरान–इटहरी सडकको जंगलमा समाते, चालक फरार

हाम्रो कोशी आवाज
मंसिर ११ २०८१, मंगलबार
धरानबाट हुइँकिएको स्कारपियोलाई पछ्याउँदै प्रहरीले छेकेर धरान–इटहरी सडकको जंगलमा समाते, चालक फरार

धरानः प्रहरीले गाँजा र गाडी नियन्त्रणमा लिएको छ । स्कारपियो गाडीभित्र तयारी गाँजा ३ सय ९ किलोग्राम (बोरा र प्लास्टिक) सहित बरामद गरेको हो ।
धनकुटाको छिन्ताङदेखि गाँजा बोकेर आएको सुइँको पाएपछि प्रहरीले पछ्याउँदै गएर इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलस्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
लागूऔषध गाँजा बोकेको को१च ७६८९ नम्बरको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोली खटिएर लागूऔषध बरामद गरेको हो ।
तीब्र गतिमा रहेको गाडीलाई धरानमा पक्राउ गर्न खोजिएको थियो तर हुइँकिएर हिँडेपछि पछ्याउँदै तरहरा जंगलमा सो गाँजा बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले गाडीलाई समेत ओभरटेक गरेर अघि बढेको सो गाडीका चालक भने चालक जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । इटहरी–२० पानीपिया जंगलस्थित सडक साइडमा रोकेर चालक फरार भएको प्रहरीले जनाएको छ । सवारी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । गाँजा ल्याउने चालकको पहिचान समेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ११ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend