Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवाहरू मिलेर फुटबल मैदान बनाउन कम्मर कसेर लागे

हाम्रो कोशी आवाज
मंसिर १२ २०८१, बुधबार
धरानका युवाहरू मिलेर फुटबल मैदान बनाउन कम्मर कसेर लागे

धरानः धरानका युवा मिलेर फुटबल मैदान बनाउन कम्मर कसेर लागेका छन् । धरान–१३ राई टोलका युवाहरू धरान–२० सर्दु खोला वारी उनीहरू कम्मर कसेर लागेका हुन् ।
यसअघि धरान–२० मा पर्ने सर्दु खोला पारी धरान–१३ का युवा जुटेर फुटबल मैदान बनाएर फुटबल समेत खेल्न थालिसकेका थिए । तर त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले खानेपानीको रिजर्भ ट्याङ्की बनाउने भएपछि त्यहाँ फुटबल खेल्न उनीहरू वन्चित भएका थिए । उनीहरूले जग्गा खोज्दै जाँदा त्यही वारीपट्टि खेल मैदानका लागि जग्गा भेटे । अहिले पारीपट्टि भने मेयर साम्पाङले धरान खानेपानी बोर्डको ५ करोड ७५ लाख रुपैयाँ बढीमा ट्याङ्की तीब्र गतिमा निर्माण गरिरहेका छन् ।
उनीहरूले यसअघि नै फुटबल मैदान निर्माण गरेपनि खासै राम्रो थिएन । जस्तो थियो त्यस्तैमा फुटबल सिक्ने, सिकाउनेदेखि प्रतियोगितात्मक खेल आयोजना पनि गरिएको थियो । तर भनेजस्तो नभएपछि अहिले युवाहरू फेरि स्तरोन्नतिका लागि लागिपरेका छन् ।
यसअघि युवाहरूकै बलबुतोमा २० लाख खर्चिएर सेभेन साइजको खेल मैदान तयार गरेको र अहिले यसलाई थप स्तरोन्नति गर्दै व्यवस्थित गर्न खोजिएको राई टोल फुटबल मैदानका संयोजक मनिष तामाङले जानकारी दिए । ‘यसअघि हामी युवाहरू नै मिलेर २० लाख खर्चियौं, स्थानीय सरकारबाट केही सहयोग आएकै छैन,’ उनले भने, ‘आउँछ भन्ने विश्वास छ ।’
सरकारी बजेट नपरेपनि मेयर साम्पाङले डोजर सहयोग गरेको उनले बताए । ‘यसमा कहिल्यै सरकारी बजेट एक रुपैयाँ परेको छैन । देशविदेशबाट साथीभाइहरूसँग राईटोल युवा क्लबले २० लाख सहयोग उठाएर यसअघि यो मैदान तयार गरयौं तर अहिले यो सम्भव छैन तर पनि स्थानीय सरकारको आशामा हामीले स्तरोन्नतिको काम थालेका छौं, आशा छ, प्रपोजल पेस्छौं मेयर साम्पाङ र धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले पनि सहयोगको वचन दिनुभएको छ, ।’ यो मैदानलाई स्तरोन्नति गर्दै नाइन साइजको बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए । साथै, त्यहाँ नै भलिबल कोर्ट र आसपासको क्षेत्रमा व्यवस्थित शौचालय पनि बनाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
‘खेलमा भाइहरूको खुब लगाव छ, उनीहरूलाई सपोर्ट र हौसला दिन सकियो भने दुव्र्यसनमा फँस्दैनन् भन्ने हाम्रो बुझाइ हो’, उनी थप्छन् ।

प्रकाशित मिति: मंसिर १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend