Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साना बालबालिकाबीच हुने ‘डिपो कप’ को तयारी

हाम्रो कोशी आवाज
मंसिर १६ २०८१, आइतबार
धरानमा साना बालबालिकाबीच हुने ‘डिपो कप’ को तयारी

धरानः धरान–१८ स्थित डिपो स्कुलको आयोजनामा सम्पन्न हुने १९ औं अम्बर–ललित डिपो कप पुस १२ गतेदेखि शुरु हुने भएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालयस्तरीय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी गराएको छ । पुस १२ गते देखि १९ गतेसम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराइ उनीहरूमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वरबहादुर लिम्बूले जानकारी दिए । प्रतियोगिताको आयोजनाले विद्यालयहरूमा आपसी भाइचारा समेत बढ्ने अध्यक्ष लिम्बूले जानकारी दिए । अम्वर ललित कप २०६१ सालदेखि शुरु भएको डिपो क्याम्पस प्रमुख राजकुमार राईले जानकारी दिए । लकडाउनको बेला दुई संस्करण प्रतियागिता रोकिएबाहेक प्रतियोगिता निरन्तर सम्पन्न भइरहेको उनले बताए ।
दिलकुमार प्लेट च्याम्पियन
अम्बर–ललित डिपो कपको पहिलो चरणमा पराजित टिमहरूबीच दिलकुमार प्लेट च्याम्पियन कप हुनेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि भिड्नेछ ।
प्लेट च्याम्पियनका बिजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरू सकिएपछि प्लेट च्याम्पियनका खेलहरू शुरु हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दीपबहादुर राई, सदस्य सूर्य पन्धाक लिम्बू, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंसिर १६ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend