धरानः धरानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
प्रहरीले गाँजा लिएर आएको सेतो नम्बर प्लेटको दुईवटा स्कारपियो गाडीबाट ६ सय केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । मंगलबार राति धनकुटाबट धरानतर्फ गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि प्रहरी धरान–१३ स्थित शिवधारामा पुगेको थियो ।
त्यहाँ चेकजाँचका क्रममा गाँजा बोकेर आइरहेको स्कारपियो गाडीलाई नियन्त्रणमा लिन खोज्दा चालक भाग्न खोजेका थिए । चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली समेत प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।
गाजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेको र सो विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।