धरानः धरान–इटहरी सडक खण्डमा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
सेउती पुल क्षेत्रबाट सशस्त्र प्रहरी बल सुनसरीको टोलीले लागूओैषधसहित धरानका दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धरान–१३ का रोशन मगर र प्रकाश राई रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । सेउती पुल क्षेत्रमा शंका लागेर चेकजाँच गर्ने क्रममा ती युवाले शरीरमा लुकाएर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ ।
यस्तै, गाँजासहित सुनसरीबाट धरान–१५ का २१ वर्षीय सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुनसरीको भोक्राहा नरसिंह–५ बाट ५८ केजी ३ सय ग्राम अवैध गाँजासहित प्रहरी चौकी चिरौलीचोक प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।