Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा महिला हिंसाविरुद्ध कांग्रेसको भातृ संस्थाको अन्तरक्रिया

हाम्रो कोशी आवाज
मंसिर २५ २०८१, मंगलबार
धरानमा महिला हिंसाविरुद्ध कांग्रेसको भातृ संस्थाको अन्तरक्रिया

धरानः नेपाली कांग्रेसका् भातृ संस्था नेपाल महिला संघले धरानमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल महिला संघको सुनसरी १ नं. क्षेत्रीय समिति, प्रदेशसभा १(१) तथा १(२) र धरान नगर समितिको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभियानलाई सार्थक बनाउन महिला संघले अन्तक्र्रिया गरेको संघकी क्षेत्रीय सभापति नेत्रकुमारी राईले बताइन् ।
नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद मीना सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुब्बा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, राष्ट्रियसभा सदस्यका प्रत्यासी तथा महिला अधिकारकर्मी मीना पुलामी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, जिल्ला सदस्यद्वय इन्दिरा पलिखे र अनुपमा सुनुवार, क्षेत्रीय सदस्य तथा जनप्रतिनिधि वडा सदस्य सन्ध्या श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङलगायतले महिला हिंसा विरुद्धको अभियान सन्दर्भमा विचार राखेका थिए ।
वक्ताहरुले हिंसा प्रभावित महिलाको न्यायमा पहुँच नभएकोले न्यायमा पहुँच बढाउनुपर्ने, नेपालको संविधानमा महिला हकको छुट्टै व्यवस्था भएपनि महिला हिंसामा कमी आउन नसकेको, नेपालको संविधान, २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्य मान्यता खारेज हुनुपर्ने तथा सामाजिक रुपान्तरणका लागि सामुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने विचार राखेका थिए ।
नेपाल महिला संघकी क्षेत्रीय सभापति नेत्रकुमारी राईको अध्यक्षता र प्रदेशसभा १(१) का सभापति निर्मला नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ललिता अधिकारी, जिल्ला सदस्य सरिता सुब्बा, क्षेत्रीय सदस्यद्धय कमला श्रेष्ठ र कमला रुचाल, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल महिला संघकी नगर सभापति सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सञ्चालन गरिएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सो कार्यक्र भएको हो ।

प्रकाशित मिति: मंसिर २५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend