तस्वीरहरूः सनम तामाङ
धरानः नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित बनेर नयाँ नेतृत्व आएको छ ।
अध्यक्षमा नेकपा एमालेनिकट प्रेस चौतारी र नेपाली कांग्रेसनिकट प्रेस युनियनका साझा उम्मेदवार सन्तोष काफ्ले निर्वाचित भएका छन् । १८१ जना पत्रकारले मतदान गर्दा उनले ९४ मत पाए । यस्तै, अध्यक्ष पदमै नेपाली कांग्रेसनिकट प्रेस युनियनबाट बागी उम्मेदवार बनेका गणेश निरौलाले १५ मत कम अर्थात् ७९ ल्याए । अध्यक्ष पदमै स्वतन्त्रबाट उम्मेदवारी दिएका शेखरनाथ जोगीले ५ मत ल्याएका छन् । यसअघि प्रेस चौतारीका उम्मेदवारले कहिल्यै चुनाव जितेका थिएनन् । युनियन र प्रेस सेन्टरका अधिकांश पत्रकार मिलेर चुनाव लड्दा युनियन, सेन्टरका पदाधिकारीले चुनाव जित्दै आएका थिए ।
शुक्रबार भएको महासंघको निर्वाचनमा एकजनाबाहेक सबै उम्मेदवार चौतारी र प्रेस युनियनबाट उम्मेद्वार भएकाहरू नै कार्य समितिमा विजयी भएर आएका छन् । नेकपा माओवादीनिकट प्रेस सेन्टर नेपाल, माधव नेपाल निकट नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठन, क्रियाशील पत्रकार महिला समूहलगायतको साझा प्यानलका उम्मेद्वार विकल रेग्मीबाहेक अन्य सबै उम्मेदवार चौतारी र युनियनबाट विजयी बनेका हुन् । सह–सचिव पदका लागि उनले ११४ मत ल्याउँदै निर्वाचित बने भने चौतारी र युनियनबाट उम्मेदवारी दिएका महेशप्रसाद गुरागाईंले ६१ मत ल्याएका छन् ।
उपाध्यक्षमा चौतारी र युनियनका साझा उम्मेदवार अर्जुन सुवेदीले १०१ मत ल्याउँदै निर्वाचित बने भने उनका प्रतिस्पर्धी प्रेस सेन्टरनिकट गोविन्द बस्नेतले ७४ मत ल्याए ।
महिला उपाध्यक्षमा चौतारी युनियनकी यशोदा सेनेले ११० मत ल्याउँदै निर्वाचित बनिन् भने उपाध्यक्षम प्रेस सेन्टरलगायतको समर्थनमा उम्मेदवार बनेकी मनिता चाम्लिङले ६२ मत ल्याइन् ।
सचिवमा चौतारी र युनियनका पर्शुराम बाह्रकोटी (विनय) ले ९० मत ल्याएर विजयी बन्दा प्रेस सेन्टरका उम्मेदवार तिर्थ कार्कीले ८३ मत ल्याए । समावेशी सहसचिव सदस्यमा वीरेन्द्रबहादुर शाह ९१ मत ल्याएर विजयी बन्दा मुस्ताक आलामले ६३ मत ल्याए । कोषाध्यक्षका लागि विवेक रेग्मीले ११८ मत ल्याएर विजयी बन्दा जमुनादेवी श्रेष्ठले ५५ मत ल्याइन् ।
यस्तै, आदिवासी सदस्यमा विजयकुमार राईले ९१ मत ल्याएर विजयी बने भने उनीसँगै चुनावमा होमिएका रमेशकुमार राई (सङ्देन) ले ४९ मत ल्याए ।
सदस्यहरूमा खुलाबाट सविता पोखरेल १२५, रोहित कुलुङ राई १२४, चन्द्रकला चौधरी ११७, हिरण्य कार्की ११४, सुदीप पोखरेल १११, शिशिर भट्टराई ११०, जीवन विष्ट १०५ र सिंहबहादुर मादेन ८५ मत ल्याउँदै निर्वाचित भए भने महिलाबाट सीमा बस्नेत (आदिवासी), विजयकुमार राई (दलित), विनोद विश्वकर्मा, सुरेन्द्र मेहता र नसिम अन्सारी निर्वाचित भएका छन् ।
यसअघि नै प्रदेश परिषद सदस्य महिलामा कानुन कार्की, प्रदेश परिषद सदस्य (समावेशी) मा धनकुमार राई (मिलन), विकास चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई, उपेन्द्र चाम्लिङ निर्विरोध बनिसकेका छन् ।
देशभर नै यसपटक प्रेस चौतारी र प्रेस युनियन साथै प्रेस सेन्टर र अन्य सदस्यहरूको गठबन्धनमा चुनाव भएको हो ।
निर्वाचित बनेका काफ्लेले सबैलाई मिलाएर लैजाने आफ्नो कोसिस रहने प्रतिबद्धता जनाएका छन् ।
पद : केन्द्रिय परिषद सदस्य (खुल्ला) (२)
गणेश प्रसाद तिम्सिना १०
गोपाल दाहाल ७३
जय कृष्ण यादव २७
देबेन्द्र कार्कि ५९
बाबुराम सुबेदि ६८
सुबिद गुरागाई ५३
पदः प्रदेश परिषद सदस्य खुल्ला (७)
कमला कुमारी चौधरी ११२
धिरेन्द्र कुमार चौधरी १३२
नवराज विष्ट ११९
पि एम मणि भट्टराई १०९
राम कृष्ण खड्का ८३
रोमा रिजाल ११२
बिशाल राई ७७
सुनिल चौधरी १०६
सुमित्रा राई सन्जु ८३
पदः केन्द्रिय परिषद् सदस्य (महिला) – (१)
शुभद्रा प्याकुरेल निर्बिरोध
पद : केन्द्रिय परिषद सदस्य (समावेशी जनजाती) (२)
नर बहादर लिम्बु (प्रदिप मेन्याङवो) १०२
श्री प्रसाद राई (श्री शिशा) ६७
फुल चन्द्र मेहता ७२




