Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा माओवादीको अध्यक्षमा उद्धव लिम्बू आए

हाम्रो कोशी आवाज
पुष १ २०८१, सोमबार
धरानमा माओवादीको अध्यक्षमा उद्धव लिम्बू आए

धरान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) धरान उप-महानगर समितिको तेस्रो अधिवेशनले उद्धव लिम्बु अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले लिम्बु सहितका पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र कोशी प्रदेश सदस्य लक्ष्मी प्रधानले जानकारी दिएकी छिन्।
कमिटीको वरिष्ठ उपाध्यक्षमा सिपि बजगाईं उपाध्यक्षमा सन्जुहाङ सावाँ र सुवास खवास महिला उपाध्यक्षमा शेष कुमारी घिमिरे, सचिवमा भूपाल चाम्लिङ, सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटे निर्वाचित भएका छन्।
समितिको सदस्यहरूमा सुमन श्रेष्ठ, जितराज राई, मेनुका खड्का, दुर्खा खाती, बुद्रोस लिम्बु, केशव रिजाल दीपक रिजाल लगायत गरी ७५ सदस्य कमिटी निर्वाचित भएका छन्।

प्रकाशित मिति: पुष १ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend