धरानः धरानका गाँजासहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको गस्ती टोलीले रातको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–००२ह१६५५ नम्बरको रातो टेम्पोलाई शंका लागि रोक्न खोज्दा तीब्र गतिमा भगाएको र पिछा गर्दै धरान–१७ स्थित जंगल छेऊमा रोकेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
टेम्पो चेकजाँच गर्दा ७ वटा बोरामा १२३.३९ (एकसय तेइस केजीउनन्चालिस ग्राम) लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका टेम्पो चालक र बरामद लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।