Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोठामा लागूऔषध भेटेपछि युवतीसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
पुष ४ २०८१, बिहिबार
धरानमा कोठामा लागूऔषध भेटेपछि युवतीसहित दुईजना समातिए

धरानः धरान–१५ बाट नियन्त्रित औषधि लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार स्थानीय ३० वर्षीय डिकन राईको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको घर खानतलासी गर्दा कोठामा लुकाएर राखेको नियन्त्रित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा चार हजार चार सय क्याप्सुल, २१ हजार पाँच सय रुपैयाँसहित डिकन र २३ वर्षीया सुमित्रा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend