Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक हाइस्कुलमा आत्महत्या रोक्न सचेतना

हाम्रो कोशी आवाज
पुष ७ २०८१, आइतबार
धरानको पब्लिक हाइस्कुलमा आत्महत्या रोक्न सचेतना

धरानः धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतनामुलक कार्यशाला सफलता सम्पन्न भएको छ ।
कार्यशालामा विज्ञान विषयमा कक्षा ११ का ३० विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा कक्षा–११ मा शिक्षा, मानविकी, व्यवस्थापन होटल म्यानेजमेन्ट र हेयर ड्रेसिङ तथा व्युटिसियनमा अध्ययरत् ११० जना विद्यार्थी सहभागी भएका थिए ।
कार्यशालामा विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले आत्महत्यासम्बन्धी घटनाहरूको वृद्धि र मानसिक स्वास्थ्यका समस्याहरूबारे धारणा राख्दै विद्यार्थीहरूमा सचेतना फैलाउने महत््वको बारेमा समेत चर्चा गरे । उनले भने, ‘यो गोष्ठीबाट विद्यार्थीहरूलाई आत्महत्यासम्बन्धी घटनाहरूको रोकथाममा सहयोग पुरयाउने आशा गर्दछ ।’
कार्यशालाको सहजीकरण बीपी प्रतिष्ठानकी रिता पोखरेल पौडेलले गरिन् । उनी हाल वेस्टर्न सिड्नी युनिभर्सिटी, अष्ट्रेलियामा पिएचडी गर्दैछिन् । पिएचडीको विषय नेपालमा माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि आत्महत्या रोकथाम कार्यक्रमको प्रारम्भिक प्रभावकारिता र मूल्याङ्कन गर्ने परियोजनाबारे उनले जानकारी गराइन् ।
विद्यार्थीहरूलाई किताबी ज्ञानको साथै जीवन उपयोगी व्यवहारिक ज्ञानको पनि आवश्यकताको महत्वलाई औंल्याउँदै विज्ञान तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले भने, ‘विद्यालयमा विदाको समय र शनिबार विभिन्न गतिविधिहरूको आयोजना गरिनेछ, जसले विद्यार्थीले कितावी ज्ञानसँगै जीवनउपयोगी तथा व्यवहारिक सीप र ज्ञानको विकासमा योगदान पुरयाउँछ ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, प्रअ डा. झा, एकेडेमिक इन्चार्ज वीरेन्द्रबहादुर साह, र बायोलोजी शिक्षक किशोर चौधरी लगायतका शिक्षक र कर्मचारीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति: पुष ७ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend