Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकप माघ १८ गतेदेखि हुने, भारत, भुटानसहितका १० टिम आउने

हाम्रो कोशी आवाज
पुष ८ २०८१, सोमबार
धरानमा बुढासुब्बा गोल्डकप माघ १८ गतेदेखि हुने, भारत, भुटानसहितका १० टिम आउने

धरानः धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको २५ औं संस्करण आगामी माघ १९ गतेबाट हुने भएको छ ।
धरान फुटबल क्लबले सोमबार यो सस्करणको पहिलो पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ गतेदेखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान–१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारत र भुटानको दुई क्लबसहित १० टिम सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी अन्य टिमहरूमा एनआरटी क्लब काठमाण्डौ, चर्च ब्वाइज क्लब (लिग च्याम्पियन), नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी (भारत), मच्छिन्द्र क्लब काठमाडौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लब सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५÷२५ हजार पुरस्कार पाउनेछन् ।
वि.स.२०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता एक वर्ष ग्याप भएको थियो भने त्यसपछिका वर्षहरुमा दुखसुख प्रतियोगिता निरन्तर रुपमा हुँदै आएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष तामाङले बताए । एन्फा खेल सुचिमा गोल्डकप (‘क’ श्रेणी) को मानिएको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका आयोजक धरान फुटबल क्लब, मुख्य प्रायोजक टुवोर्ग बियर, सह–प्रायोजक रेडबुल तथा आइएमई धरानका साथै क्वालिटी नुडल्स इण्डष्ट्रिज प्रा.लि., विराटनगर (टेस्टि टेस्टि चाउचाउ) रहेको पनि आयोजकले जनाएको छ ।
त्यस्तै अन्य विशेष सहयोगीहरुमा कोशि प्रदेश सरकार,राष्ट्रिय खेलकुद परिषद, धरान युके हेल्पिङ हेण्डस्, हङकङ नेपाली महासंघ हङकङ, धरान–८ समाज, हडकड,धरान–१७ समाज, हडकड, धरान युथ एशोसिएसन, हङकङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एन प्याब्सन सुनसरी, सुनसरी उद्योग वाणिज्य संघ, धरान हेल्पिङ हेण्डस् यु.ए.ई), धरान बहराइन एकता समाज, बहराइन, खेलकुद विकास बोर्ड कोशी प्रदेश, विराटनगर, एन्फा, धरान समाज, युके, धरान हङकङ मञ्च, हङकङ, धरान फुटबल क्लब, हडकड, धरान–१० समाज, हडकड, चौकीबारी समाज, हङकङ, धरान बहराइन एकता समाज बहराइन, नेपाल प्रहरी स्कुल, धरान–१३, प्याब्सन, सुनसरी, नेपाल रेडक्रस सोसाइटी धरान, नेपाल पत्रकार महासंघ सुनसरी रहेका छन् ।

प्रकाशित मिति: पुष ८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend