Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एक व्यक्ति मृत फेला, धारिलो हतियार प्रहार हुँदा अर्का युवा घाइते

हाम्रो कोशी आवाज
पुष ८ २०८१, सोमबार
धरानमा एक व्यक्ति मृत फेला, धारिलो हतियार प्रहार हुँदा अर्का युवा घाइते

धरानः धरान–६ मा एक व्यक्ति मृत फेला परेका छन् ।
धरान–६ पानवारीस्थित जनजागरण टोल बस्ने ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शारीरकरुपमा राम्रोसँग हिँडडुल गर्न नसक्ने उनी मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले शव आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।
यसैबीच धरानमा धारिलो हतियार प्रहार हुँदा एकजना घाइते बनेका छन् ।
धरान–१४ गणेशचौकमा धरान–१४ का २३ वर्षीय दीपक परियारले धरान–१५ बस्ने २६ वर्षीय ओम सुनुवारलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पुरानो रिसीबीको कारणले धारिलो हातियारले टाउकोमा प्रहार गरी घाइते भएका उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी परियार फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend