Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चतराको बगुवामा मृगको मासु काट्दै गरेका दुईजना भरुवा बन्दुकसहित समातिए

हाम्रो कोशी आवाज
पुष ८ २०८१, सोमबार
चतराको बगुवामा मृगको मासु काट्दै गरेका दुईजना भरुवा बन्दुकसहित समातिए

चतराः सुनसरीको बराहक्षेत्र–१ मा मृगको मासुसहित दुईजना पक्राउ परेका छन् ।
सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, चतरा सुनसरीबाट खटिएको संयुक्त टोलीले भरूवा बन्दुक र मृगको मासुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend