Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चिया पसलमा लागूऔषध कारोबार, महिला समातिइन्

हाम्रो कोशी आवाज
पुष ८ २०८१, सोमबार
धरानमा चिया पसलमा लागूऔषध कारोबार, महिला समातिइन्

धरानः धरान–११ की एक महिला लागूऔषधसहित पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा ४२ वर्षीया उषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । धरान–१६ अन्नपूर्ण चोकस्थित ती महिलाले सञ्चालन गरेको चिया पसलमा लागूऔषध कारोबार गरिरहेको छ भन्ने सुइँको पाएको प्रहरीले पुगेर खानतलासी गर्दा उनको कोठामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले कानुन बमोजिम खानतलासी गर्दा निजको घर कोठा र साथबाट लागूऔषध ट्रामाडोल ६ सय क्याप्सुल र प्रतिबन्धित औषधि स्पास्पेन ६ सय गरी जम्मा १२ सय पिस लागूऔषधसहित उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend