Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको कार रोक्दा प्रहरीले भेट्यो ३७ केजी गाँजा, दुईजना समातिए

हाम्रो कोशी आवाज
पुष १२ २०८१, शुक्रबार
धरान आउँदै गरेको कार रोक्दा प्रहरीले भेट्यो ३७ केजी गाँजा, दुईजना समातिए

धरानः धरान आउँदै गरेको कारलाई रोकेर चेकजाँच गर्दा प्रहरीले १ सय ३७ केजी गाँजा फेला परेपछि दुईजना पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो धरान उपमहानगरपालिका ४ साराङगा चोकस्थित कोशी लोकमार्गमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नाउब उपरीक्षक प्रकाश जवेगूको कमाण्डमा खटिएको प्रहरी टोलीले कार चालकसहित पक्राउ गरेको जनाइएको छ ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग२च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा कारको डिकीभित्र प्ल्याष्टिकमा प्याक गरी लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषध गाँजा ३७ केजी फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं.९ बस्ने २३ वर्षीय तिर्थ दर्जी र सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१ बस्ने ४० वर्षीय कृष्ण विसुङखेलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको डिएसपी जबेगूले जानकारी दिए ।

प्रकाशित मिति: पुष १२ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend