Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिपो कपः एक्लैले गरे ५ गोल, इमानुयल, दिल्ली पब्लिक, माउन्ट हर्मन र हिविस्कस स्कुल विजयी

हाम्रो कोशी आवाज
पुष १४ २०८१, आइतबार
धरानमा डिपो कपः एक्लैले गरे ५ गोल, इमानुयल, दिल्ली पब्लिक, माउन्ट हर्मन र हिविस्कस स्कुल विजयी

धरानः डिपो स्कुलको आयोजनामा आयोजित १९ औं अम्बर–ललित डिपो कपमा आइतबार भएको खेलमा इमानुयल बोर्डिङ, दिल्ली पब्लिक, माउण्ट हर्मन र हिविस्कस इङलिस स्कुल विजयी भएका छन् ।
आइतबार सम्पन्न भएको इमानुयलले समिट स्कललाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा इमानुयलका सौगात श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए भने विकेश विष्टले एक गोल गरेका थिए । दोस्रो खेलमा दिल्ली पब्लिक स्कुलले नोवेल एकेडेमीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय सम्ममा दुवैतर्फ गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । खेलमा दिल्ली पब्लिकका रोहन लिम्बू, सार्थक खवास, रिवन राई र आर्नभ जिमीले गोल गरेका थिए भने नोवेल एकेडेमीका साहिल राई, रेहान रसाइली र डेनिल लिम्बूले समेत गोल गरेका थिए ।
यसैगरी सोहीदिन भएको तेस्रो खेलमा आयोजक डिपो स्कुललाई माउण्ट हर्मनले ३–० गोल अन्तरले पराजित गरेको छ । खेलमा तीनै गोल माउण्ट हर्मनका युजल सेवाले गरेका छन् । आइतबारको अन्तिम खेलमा हिविकस स्कुलले सुनाखरी स्कुललाई १–० गोलले पराजित गरयो । खेलमा हिविकसका याकुस तामाङले गोल गरेका थिए । आजको भएको खेलमा समिट स्कुलका हसिव देव, नोवेल एकेडेमीका साहिल राई, डिपो स्कुलका कसम राई र सुनाखरी स्कुलका तान्छो याक्खा म्यान अफ द म्याच घोषित भए ।
उनीहरूलाई सुनसरी फुटबल संघका अध्यक्ष नविन राई, प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य दीपराज राई र व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बूले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
सोमबारदेखि शुरु हुने दोस्रो चरणको खेलमा आयोजक डिपो स्कुल रेड र प्रभात स्कुल र कार्मेल हाइस्कुल र पुलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ । पुस १२ गते देखि १९ गतेसम्म सम्पन्न हुने प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा भइरहेको छ ।

प्रकाशित मिति: पुष १४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend