Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुल पढेका आशिष कार्कीसहित ६ जना विद्यार्थीलाई चीनमा ‘पिपल्स चोइस अवार्ड’

हाम्रो कोशी आवाज
पुष १४ २०८१, आइतबार
धरानको विष्णु स्कुल पढेका आशिष कार्कीसहित ६ जना विद्यार्थीलाई चीनमा ‘पिपल्स चोइस अवार्ड’

धरानका आशिष कार्की वायाँबाट दोस्रो र अन्य नेपाली विद्यार्थीहरू ।

धरानः धरानका आशिष कार्कीसहित अन्य नेपाली विद्यार्थी सयौं विद्यार्थीमध्येबाट छानिँदै चीनमा ‘पिपल्स चोइस अवार्ड’ हात पारेका छन् ।
उनी धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा कक्षा-१२ सम्म पढेर हाल काठमाडौं विश्वविद्यालय (स्कल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) मा पढ्दैछन् ।
१९ देशका ३ सय प्रतिस्पर्धी विद्यार्थीमध्येबाट छानिएका धरान बस्दै आएका आशिष कार्कीसहित ६ जना नेपाली विद्यार्थी समिप अर्याल, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्कीले सो अवार्ड हासिल गरेका हुन् ।
आशिषको विगत
आशिष नेपाल प्रथम बन्न सफल भएका थिए । कार्कीले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपालभरीका परीक्षार्थीलाई पछि पारेको विष्णु स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार छात्र कार्कीले १५४० प्राप्ताङ्कका साथ नेपाल प्रथम बनेका थिए ।
कसरी दिइन्छ यो अवार्ड ?


हवावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गदै चीन गएका उनीहरूले सो अवार्ड हासिल गर्न सफल भएका हुन् । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ को पिपल्स चोइस अवार्ड जितेका हुन् । विजेता विद्यार्थीहरूको समूहमा काठमाडौं विश्वविद्यालय र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर साइन्स, इलेक्ट्रोनिक इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा स्नातक तहमा अध्ययनरत छन् ।
उनीहरूले ‘अल्ट्रा केयर नामक एआई’ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । गर्भावस्थामा देखिने जटिलताहरू समयमै पहिचान गर्न सघाउने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित उपकरणको अवधारणा प्रस्तुत गरेका थिए । हात्तीसारस्थित हुवावे टावरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘टिम अल्ट्राकेयर’ का नामबाट सेन्जेनमा लोकप्रिय बनेको टोलीलाई अवार्ड हस्तान्तरण गरेका छन् ।
नेपाली समूहले गर्भावस्थामा हुने जटिलताको यथाशीघ्र पहिचान गर्ने एआईमा आधारित ‘अल्ट्राकेयर डिभाइस’ बारे प्रतियोगितामा आइडिया सुनाउँदा धेरैले प्रशंसा गरेका थिए । एआई प्रविधिमा आधारित एक ठाउँबाट अर्को ठाउँमा लिएर हिँड्न मिल्ने ‘पोर्टेबल अल्ट्रासाउन्ड’ उपकरण सोलार पावरबाट सञ्चालन हुनेगरी उनीहरूले डिजाइन गरेका छन् ।
यसले स्थानीय भाषा पनि बुझ्ने भएकाले चलाउन सजिलो हुने काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्समा स्नातक चौथो तहमा अध्ययनरत एन्जलिना बताइन् । ‘ग्रामीण भेगको सामाजिक समस्यालाई सम्बोधन गर्ने डिभाइस भएकाले हामीले अवार्ड जितेका हौं भन्ने लाग्छ, अवार्ड जित्नुभन्दा पनि ठूलो उपलब्धिचाहिँ त्यहाँ पाएको एक्स्पोजर थियो ।’ आशिषले भने ।
चीनको नाननिङ, शनचनजस्ता सहरका सूचना प्रविधि कम्पनी र इलेक्ट्रोनिक बजार भ्रमण गरेपछि नेपालमा पनि प्रविधिको प्रयोगमार्फत समाज रूपान्तरण गर्न सकिने अनुभव उनीहरूले लिएका छन् । सूचना प्रविधिमा चीन धेरै अगाडि पुगिसकेको अनुभव उनको छ । हुवावे टेक्नोलोजिजले सन् २०१९ देखि नेपालमा ‘सिड फर द फ्युरच’ कार्यक्रम आयोजना गर्दै आएको छ । सो प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सामाजिक समस्याहरू समाधान गर्ने प्रविधिमूलक परियोजना तयार गर्नुपर्छ ।

प्रकाशित मिति: पुष १४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend