धरानः विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ‘वार्षिक स्पोट्स मिट २०८१’ शुरु भएको छ ।
मङ्गलबारदेखि स्पोट्स मिट शुरु भएको हो । स्कुलले पढाइमा मात्रै होइन खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै गएको छ’, खेलकुद स्पोट्स मिटमा सहभागी भएकी कक्षा–९ की सोनी लिम्बूले भनिन्, ‘खेलकुदले पढाइमा सहयोग गर्नुका साथै मानसिक, शारीरिक विकाससँगै अनुशासन पनि सिकाउँछ भन्ने लाग्छ ।’
पढाइसँगै विद्यार्थीलाई खेलकुदमा खरो उतार्न साथै मानसिक, शारीरिक विकाससँगै अनुशासनका लागि विष्णु स्कुलले स्पोट्स मिट भव्यताका साथ आयोजना गरेको छ । दौड प्रतियोगिता (१००, २००, ४०० मिटर रेस), क्रिकेट, भलिबल, फुटबल, फुटसल, बास्केटबल, टेबलटेनिस, डोरी तान्ने, स्लो साइक्लिङ रेस, कवड्डी, चेस, पासिङ बल, म्युजिकल चेयर, ब्यान्डिङ बुक, बुक ब्यालेन्सलगायत २५ भन्दा बढी खेल विधाअन्तर्गत मनोरञ्जनात्मक खेलहरुलगायतका खेलहरु समावेश गरी विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
‘पढाइसँगै अतिरिक्त क्रियाकलापले पनि पढाइलाई सहयोग गर्ने ठानेका छौं । प्रत्येक वर्ष खेलकुदका गतिविधि गराउँदै आएका छौं,’ प्रिन्सिपल श्रेष्ठले थपे, ‘यसले विद्यार्थीको पढाइसँगै खेलकुद विधामा अब्बल छन् भन्ने सावित गर्दछ ।’
विद्यार्थीहरुको शारीरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्य र ‘स्वास्थ्यका लागि खेल’ भन्ने उद्घोषका साथ खेलकुद सप्ताह कार्यक्रम आयोजना गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शम्भु रेग्मीले जानकारी दिए । उनले खेलकुदले विद्यार्थीको पढाईसँगै चौतर्फी विकास हुने बताए । उनले शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने बताए ।
प्राइमरी लेवल कोअर्डिनेटर पुनम राईले विष्णु स्कुलले हरेक विद्यार्थीको लागि शिक्षा र खेलकुदलाई प्राथमिकताका साथ राखेको बताइन् । उनले खेलकुदले विद्यार्थीलाई अनुशासन सिकाउने, नैतिकवान बनाउने भएकोले हरेक विद्यार्थीलाई खेलकुदको क्षेत्रमा अगाडि बढाउनु जरूरी रहेको बताउँदै त्यही पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको समेत बताइन् ।’ देशको असल नागरिक बन्नको लागि खेलकुदले सघाउन पुरयाउने र खेलकुदको मध्यमबाट समाजमा समेत राम्रो जनशक्ति उत्पादन हुने उनको भनाइ छ । नर्सरी केजीदेखि १० कक्षासम्मका विद्यार्थीहरू खेलकुदमा सहभागी भएका भए थिए ।
कक्षागत र अन्तर सदनात्मक खेल विद्यालय बाहिर (हात्तिसार क्याम्पसको खेल मैदान) र स्कुल प्राङ्गणमा आयोजना भएको थियो । खेलकुदमा प्रतिस्पर्धी विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरणको कार्यक्रम समेत राखिने उनले जानकारी दिए ।
स्पोट्स मिटअगाडि विद्यालयका विद्यार्थीले विभिन्न खेल कौसल साथै नृत्य समेत पस्किएर भरपुर मनोरञ्जन दिलाएका थिए ।
तस्वीरहरूः हाम्रो कोशी आवाज
































