Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गाँजा राखेको बोरा भीरबाट खोलामा फाल्दै गर्दा प्रहरीले तीनजना समात्यो

हाम्रो कोशी आवाज
पुष १८ २०८१, बिहिबार
धरानमा गाँजा राखेको बोरा भीरबाट खोलामा फाल्दै गर्दा प्रहरीले तीनजना समात्यो

धरानः धरान-२० मा प्रहरीले गाँजा र पिकअप गाडीसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालक धरान-२० बस्ने ३४ वर्षीय कमल राई, ३. पिकअप गाडीमा सवार धरान-२० बस्ने २३ वर्षीय प्रदीप राई, सहचालक धनकुटा साँगुरगढी गाउँपालिका वडा नं. ९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
धनकुटाबाट धरानतर्फ आउदै गरेको को.१.ज. ३१५८ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा नरोकी भागेको र शंका लागि पिछा गर्दै जाँदा करिब १ किलोमिटर टाढा गाडी रोकी गाडीमा भएको बोरा भीरबाट तल खोलामा फ्याक्दै गरेको देखेपछि उनीहरूलाई पक्राउ गरिएको विष्णुपादुकाका प्रहरी सहायक निरीक्षक दयाराम खतिवडाले जानकारी दिए ।
बोराहरू नियन्त्रणमा लिई खोली हेर्दा लागूऔषध गाँजा ५६ केजी फेला परेको प्रहरीले जनाएको छ । बुधबार धरान–२० मा पर्ने खैरे खोलामा रहेको अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट प्रहरी सहायक निरीक्षक खतिवडाको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानबाट थप भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend