Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिपो कपः पुलिसले चौथोपटक चुम्यो उपाधि

हाम्रो कोशी आवाज
पुष १९ २०८१, शुक्रबार
धरानमा डिपो कपः पुलिसले चौथोपटक चुम्यो उपाधि

धरानः पुलिस स्कुलले लगातार चौथोपटक ललित अम्बर डिपो कपको उपाधि चुमेको छ ।
डिपो स्कुलको आयोजनामा पुस १२ गते देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको फाइनलमा शुक्रबार आयोजक डिपो स्कुल रेड टिमलाइ टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधिमाथि कब्जा जमाएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवैतर्फ कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरले डिपोलाई पराजित गर्दै पुलिस स्कुलले चौथोपटक उपाधिमाथि आफ्नो कब्जा जमाएको छ । टाइब्रेकरमा पुलिस स्कुलका बिनायक निरौला, मनिकुमार लिम्बू, अङ्सु बास्फोर र नियुस खड्काले गोल गरेका थिए । यसैगरी डिपो स्कुलका कुशल राई र करन खड्काले मात्र गोल गर्न सके ।
प्रतियोगिताका बिजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेताले डिपो स्कुलले नगद ७ हजार १ सय ११ र तेस्रो उपाधी बिजेता इमानुयलले ५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी दिलबहादुर प्लेट च्याम्पियनका उपाधि बिजेता जोलसाय स्कुलले नगद ३ हजार र उपबिजेता आयोजक डिपो स्कुल पहेलो टिमले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । डिपो कपको तेस्रो उपाधि र प्लेट च्याम्पियनको उपाधिको खेल फाइनल खेलको आघिल्लो दिन बिहीबार भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डिपो स्कुलका कृशल राई, म्यान अफ द म्याच डिपो स्कुलका कुशल राई, राइजिङ प्लेयर डिपो स्कुलका इसाक लावती, उत्कृष्ट गोलकिपर पुलिस स्कुलका ॐअकुमार सिंह र हाइ स्कोरर इमानुयल स्कुलका सौगात श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा फ्री टिकट प्राप्त गरे ।
उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल ब्यवस्थापन समिति अध्यक्ष क्या. अम्बरबहादुर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, प्रतियोगिता संयोजक दीपबहादुर राई, सुनसरी फुटबल संघ अध्यक्ष नवीन राई, ब्यवस्थापन समिती सदस्य सूर्य पन्धाक लिम्बू, प्राचार्य राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक डिपो स्कुलको खेल मैदानमा भएको थियो ।

प्रकाशित मिति: पुष १९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend