Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजका विद्यार्थीको स्वागत कार्यक्रम भव्य, ‘प्रदेश टपर’ लाई ५० हजार नगदसहित सम्मान

हाम्रो कोशी आवाज
पुष २० २०८१, शनिबार
धरानको युएन, नवोदय कलेजका विद्यार्थीको स्वागत कार्यक्रम भव्य, ‘प्रदेश टपर’ लाई ५० हजार नगदसहित सम्मान

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रदेश टपरहरूलाई नगदसहित सम्मानसमेत गरिएको थियो । बिएचएम ८ औं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टपर एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड टपर इसिका दर्नालालाई नगद १५ हजार, प्रदेश थर्ड टपर अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । एन्जोलाले ३.८५ जिपिए, इसिकाले ३.८१ जिपिए र अनिष, सलिना, जानुकाले ३.७५ जिपिए ल्याउँदै क्रमशः प्रदेश टप र सेकेण्ड टप बनेका थिए ।
यस्तै, विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । शुक्रबार धरान–१५ स्थित चुम्लुङ हीम प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्वागत, सम्मान र पुरस्कृत गरिएको हो ।
कार्यक्रममा धरान जेसिजले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम बन्ने कक्षा–१२ की एन्जिला कार्की, विजयपुर एफएमले आयोजना गरेको भ्वाइस अफ धरानमा बिजेता र एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गीङ आइडलमा फस्ट रनर अफ बनेका कक्षा–११ का अनिष राई, इस्कोन मन्दिरले आयोजना गरेको श्लोक पाठमा बिजेता बनेका कक्षा–१२ का सागर दाहाल, एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गीङ आइडलमा बिजेता बन्ने कक्षा–११ की कुसुम माझी, एफटिएल अनलाइन टिभीले आयोजना गरेको डान्सिङ आइडलकी बिजेता कक्षा–१२ की डिना चोङवाङ, रेडिकल लाइटले आयोजना गरेको एसइई स्पीकरकी फस्ट रनरअप कक्षा–११ की दिया राईलाई पुरस्कृत गरिएको पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूले जानकारी दिए ।
यस्तै, कवडडीमा प्रदेश बिजेता बन्ने कक्षा–११ का रेजिन लोहनी, निबन्धमा दोस्रो बन्ने कक्षा–१२ की शिवानी भुजेल, मिस कोशी प्रतियोगिताको फष्ट रनर अप बनेकी कक्षा–१२ की निसुहाङमा लिम्बू र चौथो बन्ने कक्षा–१२ की स्वस्तिका राईलाई समेत सम्मान गरिएको थियो । कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका स्कुल प्रोग्राम इन्चार्ज निरकुमार राईलगायततले विद्यार्थीहरूलाई खदा र अविर लगाएर स्वागत गर्नुका साथै सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
कार्यक्रममा अन्य विधामा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कलेजको बेस्ट स्टुडेन्ट अफ द यियर, बेस्ट डिसिप्लिन स्टुडेन्ट अफ द यियर लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यापकहरू सुजन शंकर, नुर खान, विष्णु दाहाल, दिब्या झा, सिर्जना लिम्बू, बन्दना श्रेष्ठ, अनिमेष बाँस्तोला, स्तृति श्रेष्ठ, प्रोमोटर जगत नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य पस्किनुका साथै गीत गाएर पनि सुनाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य होटल म्यानेजमेन्ट र बिएचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थीको तर्फबाट कक्षा–१२ की एन्जिला कार्कीले मन्तव्य राखेकी थिइन् ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गुणस्तरीय शिक्षा, संस्कार र अनुशासनकै कारण कलेजले सफलता पाएको बताए ।
विद्यार्थीहरुको अथक मेहनत, अध्यापक, कर्मचारी लगायतको निरन्तरको परिश्रमका कारण युएन, नवोदय कलेज प्रदेश नम्बर १ मै विद्यार्थीको रोजाइमा परेको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनले आगामी दिनमा वार्षिक परीक्षामा मिहिनेतका साथ अध्ययन गरेर उत्कृष्ट अंक ल्याई कलेजको नाम राख्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: पुष २० २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend