Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाटो हिँड्दै गरेका युवाको झोलामा लागूऔषध फेला परेपछि पाँचजना च्याप्पै

हाम्रो कोशी आवाज
पुष २२ २०८१, सोमबार
धरानमा बाटो हिँड्दै गरेका युवाको झोलामा लागूऔषध फेला परेपछि पाँचजना च्याप्पै

धरानः धरानमा हिँड्दै गरेका युवाको झोलामा लागूऔषध फेला परेपछि पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१९ बस्ने २१ वर्षी रोहित कार्की र सोही स्थानका १९ वर्षीय अनुराग राई रहेको प्रहरीले जनाएको छ । यस्तै, उदयपुर त्रियुगा नगरपालिका वडा नं. १२ बस्ने १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दीप्सन राई, १८ वर्षीय पुजन यादव रहेको प्रहरीले जनाएको छ ।
धरान–७ कोशी लोकमार्गमा हिँडिरहेका युवामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । कोशी लोकमार्गमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले झोला कानुन बमोजिम चेकजाँच गर्दा झोलाभित्रबाट प्रतिबन्धित औषधी स्पासपेन– ३०० ट्याब्लेट र लागू औषध ट्रामाडोल– ३०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष २२ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend