धरानः मंगलबार बिहान भूकम्पको गएको छ । ५ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धरानमा पनि भूकम्पको महसुस गरिएको छ । धरानबासी पनि होहल्ला गर्दै घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार सिक्किम केन्द्रविन्दु भएर भूकम्प गएको देखाइएको छ । ५.३ म्याग्निट्युडको भूकम्प गएको अनुमान गरिएको छ ।
भूकम्पले नेपालसहित बङ्लादेश, भारत, भुटान र चीन समेत प्रभावित भएको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।