धरानः मंगलबार बिहान भूकम्पको गएको छ । ५ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धरानमा पनि भूकम्पको महसुस गरिएको छ । धरानबासी पनि हल्ला खल्ला गर्दै बाहिर निस्किएका थिए ।
नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो ।