Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वन तथा वातावरण राज्यमन्त्री धरानमा

हाम्रो कोशी आवाज
पुष २६ २०८१, शुक्रबार
वन तथा वातावरण राज्यमन्त्री धरानमा

धरानः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा पोखरेलले वन र जैविक विविधता संरक्षण गर्न सबैको भूमिका अपरिहार्य रहेको बताएकी छिन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएकी हुन् ।
उनले वन र जैविक विविधता मानव जीवनका लागि अति आवश्यक भएकाले सरकारले वन, जंगल, वज्यजन्तु तथा जैविक विविधताको संरक्षणका लागि काम गरिरहेको बताउंदै आफु यसै शिलशिलामा कोशी प्रदेशको विभिन्न स्थानको अवलोकन र सरोकारवाला पक्षहरुसंग भेटघाटका लागि आएको बताएकी छिन् । उनले यसै क्रममा हाती लगायत जंगली जनावारवाट अतिक्रमित क्षेत्रको समेत भ्रमण गरी जंगली जनवारवाट हुने क्षति न्यूनिकरणका लागि विशेष योजना र कार्यक्रम तर्जुमा गरी पहल गर्ने समेत जनाएकी छिन् ।
भेटघाटका क्रममा नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नालले गैर दलितलाई पार्टीले अवसर दिएको भन्दै रोष प्रकट गरे । उनले पार्टी र संगठनमा दुःख गरेका दलितहरुले अवसर नपाउंदा मनोवल घटेको र नेपाल दलित संघको संगठन कम्जोर बन्दै गएको जिकिर गरे ।
त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सदस्य तथा नेपाल लोकतन्त्रवादी सुनुवार संघका जिल्ला अध्यक्ष अनुपमा सुनुवारले महिलामुखि कार्यक्रमहरु आउनुपर्ने बताए ।
क्षेत्रीय सहसचिव सुमित राईद्धारा सञ्चालित कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, नेपाली कांग्रेसका कोशी प्रदेश सदस्यद्धय गणेश परियार र अन्जना राई, जिल्ला सदस्यद्धय रिता सुन्दास र निर्मला नेपाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य संगिता वाहिङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १(१) सहसचिव रमिता श्रेष्ठ, नगर सचिव जितेन्द्र राई, नगर सहसचिव शिला बज्रचार्य, क्षेत्रीय सदस्यहरु उमेश पौडेल, शोभा पुलामी, वडा सभापतिहरु सुवर्ण पखिले, उत्तम राई, डम्वर गुरुङ, जनप्रतिनिधि वडा सदस्यद्धय रहिसा कसजु र वुना शंकर, नेपाल दलित संघ पूर्व केन्द्रीय सदस्य राम परियार, पार्टीका पूर्व जिल्ला सदस्य राम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: पुष २६ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend