Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चिन्डेडाँडामा गाँजा ल्याउँदै गर्दा दुई युवा र इभी गाडीका चालक लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
पुष २७ २०८१, शनिबार
धरानको चिन्डेडाँडामा गाँजा ल्याउँदै गर्दा दुई युवा र इभी गाडीका चालक लागूऔषधसहित समातिए

धरानः धरानबाट गाँजासहित युवा पक्राउ परेका छन् ।
धरान–२० सानो खैरेस्थित भित्री कच्ची सडक खण्डमा अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानको चिण्डेडाँडातर्फ आउँदै गरेको को२४प३८९२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेपछि दुई युवा पक्राउ परेका हुन् ।
मोटरसाइकलमा ल्याउँदै गरेको निलो जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको १० प्याकेट, रातो हाते ब्यागभित्र प्लाष्टिकमा प्याक गरिएको ३ प्याकेट, पछाडि बोक्ने खरानी कलरको झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ३ प्याकेट गरी जम्मा १६ प्याकेटमा १६ केजी लागूऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा, मोटरसाइकल र मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका ८ बस्ने २९ वर्षीय विवेक राई र मोटरसाइकल पछाडि सवार धरान–२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता इटहरीबाट लागूऔषधसहित चालक पक्राउ परेका छन् । इटहरी–७ स्थित पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–००१ ज.४३८९ नम्बरको इभी गाडीलाई रोकी कानुनबमोजिम खानतलासी गर्ने क्रममा चालक बस्ने सिटको बायाँ साइटमा (सानो) रातो झोलामा लागूऔषध ट्रामानिल लेखिएको ६० पत्ता ६०० क्याप्सुल ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । चालक सुनसरी रामधुनी नगरपालिका वडा नं. ६ बस्ने २० वर्षीय हेमन विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष २७ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend