धरानः प्रहरीले धरानमा भित्रिँदै गरेको सडेको माछा नष्ट गरेको छ ।
धरान–२ भानुचोकमा विराटनगरबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०० १ ख ९६०६ नम्बरको यात्रुबाहक बसबाट सो माछा फेला परेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सेतो बोरामा प्याक गरेको ४० केजी (रौं प्रजाति) माछा फेला पारी सोधपुछ गर्दा सो माछाको भ्याट बिलसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।
सडीगली दुर्गन्धित समेत हुन थालेपछि सो माछा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।