धरानः सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । बराहक्षेत्र–३ को जंगल क्षेत्रमा कार दुर्घटना भएको हो ।
दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी, ६५ वर्षीय विराटनगरका कृष्ण खनाल, २० वर्षीया भूमिका रेग्मी, २७ वर्षीय निश्चल रेग्मी र चालक ५४ वर्षीय कृष्णमान खोटेजा घाइते भएको प्रहरीले जनाएको छ ।
न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ मदन भण्डारी राजमार्गअन्तर्गतको सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चतरा झण्डा चोकबाट नडाहा जाँदै गरेको हुन्डाई आई–टेन गाडी दुर्घटनामा परेको हो । गाडी आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । कारचालक भक्तपुर घर भएका ५४ वर्षीय खोटेजालाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनामा न्यायधीश रेग्मी र कृष्ण खनाल भने गम्भीर घाइते भएको नडाहा प्रहरीले जनाएको छ । प्रहरीले उनीसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।